काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले गरेको भनेको राजीनामामा ट्विीस्ट देखिएको छ ।
बुधबार मुख्यमन्त्री समक्ष राजीनामा दिएको र राजीनामा समेत स्वीकृत भइसकेको भनिएपनि स्वंय उनले राजीनामा नदिएको बताएसँगै नयाँ ट्वीस्ट देखिएको हो ।
तर वलीले भने आफूले कुनै राजीनामा नदिएको बरु कारबाही गरेर सरकारबाट हटाउन माग गरेको दाबी गरेकी छिन् ।
गत जेठ ३१ गते दाङका एकराज बस्नेतको घरभित्र प्रवेश गरी उनकी श्रीमती र नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो