म मेरो तलबबाट यमबुद्धको सालिक बनाउँछुः मेयर शाह

दियो पोस्ट  

काठमाडैं । काठमाडौंका मेयर बालेन शाहले आफ्नै तलबबाट र्‍यापर यमबुद्धको शालिक बनाउने घोषणा गरेका छन् । महानगरको बजेटबाट यमबुद्धको शालिक बनाउने भनेपछि धेरैले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका थिए । शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो तलबबाटै शालिक बनाउने घोषणा गरेका छन् ।

पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्।