ग्राण्डी अस्पताल समस्याग्रस्त : बैंक खाता रोक्का, औषधी किन्ने पैसा समेत अभाव !

दियो पोस्ट  

काठमाडौँ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पताल विभिन्न समयमा चर्चा र विवादमा आउने गर्छ । अस्पतालमा लगानीकै विषय शंकाष्पद थियो । अस्पताल भित्रको आन्तरिक विवादकै कारण चर्चित डा. चक्रराज पाण्डेले पनि जागिर छाडे । यतिबेला अर्को विवाद शुरु भएको छ । त्यो हो अस्पतालमा व्यापारी रुप ज्योती समुहको लगानी र योजना । यो समुहले अस्पताल नै कोल्याप्स पार्न लागेको भन्दै एउटा समुहले विरोध गर्न थालेको छ ।

विस २०६९ सालमा स्थापना भएको ग्राण्डी अस्पतालमा २५ प्रतिशत शेयर लिएर भित्रिएका रुपज्योतीले अन्ततः ग्राण्डी अस्पताललाई कोल्याप्स पार्ने खेलमा आरोप अर्को पक्षले लगाएको छ ।
अस्पतालको स्थापनाकालमा सञ्चालक समितिका सदस्यका रुपमा रहेका रुपज्योतीले अस्पताललाई थप राम्रो बनाउने आँफै निर्णय गराएर जवरजस्ती अस्पतालको नाममा ६९ करोडको ऋणको बोझ थपिदिएको आरोप उनीहरुको छ । उक्त ऋणमध्ये अस्पतालले हालसम्म रु ५१ करोड चुक्ता गरिसकेको दाबी छ ।

ज्योती समूह (दाजुभाई)को विवादका बिच काठमाडौँको जमलमा ग्राण्डी सिटि अस्पताल सञ्चालन गरेका रुप ज्योतीले आफ्नो २५ प्रतिशत शेयर रहेको ग्राण्डी अस्पताललाई आँफैले निर्णय गराएर दिएको रकमको बाँकी ऋण नतिरेको भन्दै अदालतमा मुद्दा हालेर ग्राण्डीको खातासमेत रोक्का रहेको छ ।

उनले योभन्दा पहिले पनि ग्राण्डीमाथि विभिन्न विषयलाई लिएर मुद्दा हालेका थिए । खाता रोक्का भएपछि अस्पतालमा कार्यरत झण्डै एक हजार डाक्टर, नर्स तथा कर्मचारीहरु समस्यामा परेका छन् । अदालतमा ग्राण्डीविरुद्ध मुद्दा हालेर खाता रोक्का गर्दा अस्पतालभित्र औषधी किन्ने पैसादेखि डाक्टर, नर्स तथा कर्मचारीले तलबसमेत खान नपाउने अवस्था सिर्जना भएको छ ।

सम्बन्धित खबर