बजेट सक्न धमाधम असारे विकासको लहर : एकैदिन १५ अर्ब सकियो

दियो पोस्ट  

काठमाडौं । रोकिएर बसेका पूर्वाधार निर्माणको काम असार महिना लागेपछि शुरु हुने र असार महिनामै सकेर बजेट समेत भुक्तानी लिने परम्परा अझै सकिएको छैन ।
आर्थिक वर्षको अन्त्यमा आएर गरिने असारे विकास प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ । महालेखा नियन्त्रक कार्यलयका अनुसार असार २५ गते एकै दिनमा करिब १५ अर्ब रुपैयाँको पूँजीगत खर्च भएको छ ।
२०७९ जेठ ३१ गतेसम्म १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको विकास खर्च, आसार २५ गतेसम्म यो रकम ५२ अर्ब रुपैयाँले बढेर १ खर्ब ८९ अर्व पुगेको छ । यससँगै नेपालको वित्तीय व्यव्स्थातर्फको भुक्तानी ३१ जेठसम्म १० खर्ब ३५ अर्ब थियो, २५ असारसम्म आइपुग्दा यो रकम २ खर्ब २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

असार २४ गतेको तथ्याङ्कमा १ खर्ब ७४ अर्ब रहेको पूँजीगत तर्फको बजेट खर्च असार २५ गते १ खर्ब ८९ अर्ब पुगेको छ । एक दिनको समायावधीमा १५ अर्ब रुपैयाँ क्षण्कि असारे विकासमा खर्च भएको हो । शनिबारमात्र खर्च भएको १५ अर्ब रुपैयाँले नेपालको पूँजीगत विकास खर्च ५०. ११ प्रतिशतमा पुुर्याएको छ ।