काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालत भित्र हदैसम्मको सेटिङ गर्ने प्रपञ्च गरेका छन् । सामान्यतया कुनै पनि अदालतमा पेशी तोकिएको मितिमा सार्वजनिक विदा परे त्यसको भोलीपल्ट वादी/प्रतिवादी दुवै उपस्थित भई तारिख लिएर अर्को दिन पेशीमा उपस्थित हुनुपर्छ । तर, पोखरेलको हकमा सर्वोच्च अदालतले हदैसम्म किर्ते गरेको पाइएको छ ।
नेपाल प्रहरीको महानिरिक्षक नियुक्तीमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेका पोखरेलको हकमा सर्वोच्च अदालत प्रशासनले चरम बद्मासी गरेको हो । विगत केहीदिनदेखि प्रधानन्यायधीश दिपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलाशमा उनीहरुको मुद्दा सुनुवाई भइरहेको छ । गत असार २४ गते हेर्दाहेर्दैमा रहेको उक्त मुद्दा शनिबार परेका कारण २५ गते हुन सकेन । त्यस्तै २६ गते पनि मुस्लिम धर्मालम्बीको बकर इद परेकाले सार्वजनिक विदा थियो । सार्वजनिक विदाको दिन पेशी हुने कुरा भएन । तर, त्यो दिन पेशी नभए वादी प्रतिवादी दुवै पक्ष भोली पल्ट अर्थात आजको दिन अदालत पुगेर तारिख लिने र अर्को दिन पेशीमा उपस्थित हुने परम्परा र अभ्यास छ । देवानी कार्यविधि संहिताले पनि त्यही भन्छ । त्यही अभ्यास अनुसार सर्वसाधरणले तारिख र पेशी धाउँदै आएका छन् । तर, पोखरेलका हकमा भने तारिक नै नलिई एकैदिन पेशी तोकिएको छ ।
सोमबार कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलाशमा सुनुवाई थियो । तर, अर्को दिन पेशी हुनुपर्ने भन्दै प्रतिवादी तर्फका वकिलहरु उपस्थित भएनन् ।
‘न्यायपालिकाको सर्वोच्च अंगमा एउटा मुद्दा २६ गते थियो । सो दिन विदा परे के हुन्छ भन्ने पक्षको जिज्ञासालाई अब २७ गते उपस्थित हुने अर्को मिति पाइन्छ भन्ने सल्लाहा दिएँ । आफूले जानेको त्यही थियो । अकस्मात पक्षको खबर आयो २४ गते बोलावट आयो २७ गतेका लागि सही गर्न भनेर के गर्ने ?,’ पोखरेलकै मुद्दालाई इंगित गर्दै अधिवक्ता सुशिल कुमार पन्तले भनेका छन्,‘म नाजवाफ भएँ । यस प्रकार सर्वोच्च प्रशासनले निडर भएर कानुन तोडेको देखेको छैन । २०३५ सालदेखि म कानुन व्यावसायमा छु ।’
उनको यो भनाईमा प्रतिक्रिया जनाउँदै नेपाल बार एशोशियशनका पूर्व महासचिव लिलामणी पौडेलले पनि विकृतिजन्य कार्य भन्दै टिप्पणी गरेका छन् । ‘यदि यो सहि हो भने विकृतिजन्य कार्य हो । अरु जनताको पेशी किन नहुने सम्बन्धितले जवाफ दिनु पर्यो ।’
एआइजी पाखरेलले आफूलाई प्रहरी महानिक्षिक नियुक्ती गरिपाउँ भन्दै गत वैशाखमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, मुद्दा लड्नकै लागि एक महिना विदा लिएका पोखरेलको विदा समेत सकिएको छ । यद्धपी उनी विदा समेत स्विकृत नगराई यतिबेला मुद्दा गरिरहेका छन् ।
पेशीमा अनियमितता भएकै कारण पाखरेलले प्रतिवादी बनाएको सरकारसहित प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहका पक्षमा वकालत गर्नेहरु आजको पेशीमा उपस्थित भएनन् । सोही कारण आज पोखरेलको मुद्दा सुनुवाई नै हुन सकेन ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेललाई सम्पर्क गर्दा उनले निवेदक दुवै पक्षको सहमतिमा आजको पेशी तोकिएको जानकारी दिए । तर, एउटा पक्ष नआएका कारण आगामी शुक्रबारलाई पेशी तोकिएको उनले बताए ।