BREAKING :: सुन मान्छेको रुपमा चर्चित सुवास घिसिङ पक्राउ !

दियो पोस्ट  

काठमाडौं । बागमती नदीभित्र हुने अनाधिकृत कामको बारमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । लामो समयदेखि बामगती नदी किनारामा अनाधिकृत रुपमा फोहार संकलन बनाउदै आएका सुबास घिसिङले अनुमनको क्रममा हिडेका समितिका एक कर्मचारीलाई कुटपिट गरेर टाउको फुटाएका हुन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आयोजनाको काम नै अवरोध पुर्याउने गरी फोहोर संकलन केन्द्र नराख्न तीन पटक पत्राचार गरिसकेको छ । तर घिसिङले दादागिरी देखाउदै समितिको पत्राचारलाई अटेर गर्दै आएका छन् । नदी किनारामा फोहोर संकलन केन्द्र सञ्चालन गरेर लाखौ कमाउ धन्दा चलाउदै आएका छन् । अनाधिकृत रुपमा फोहोर संकलन स्थापना गरेर स्थानीयलाई समेत धम्की दिदै उनले बागमती कोरिडोर क्षेत्रबाट फोहोर उठाउने कामलाई जारी नै राखेका छन् ।

सोमवार दिउसो नियमित अनुगम गर्ने क्रममा समितिको क्विइ रेस्पोन्स टिममा सहभागी बलराम श्रेष्ठमाथि कुटपिट गरेर टाउको फुटाइदिएका छन् । उनले काममा हिडेका समितिका कर्मचारीमाथि बाटोमा हिडिरहेको अवस्थामा एक्कासी कुटपिट गरेर टाउको फुटाएको पीडित बलराम श्रेष्ठले बताए । उनले भने,‘हामी नियमित अनुगमनमा गएका थियौ, मैले फोहोर संकलन स्थलको फोटो खिच्न लागेको थिए, त्यही बेला म माथि एक्कासी मुक्का प्रहार भयो ।’

घिसिङको आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाका लगाइएको छ । श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी परिसर बौद्धको हिरासतमा राखिएको छ । घिसिङले दादागिरी देखाएर नदी किनारामा फोहोर संकलन केन्द्र बनाउदा बागमतीको ब्युटिफिकेसनको काममा समेत असर पुगेको समितिले जनाएको छ । उनले राजनीतिक दलका नेताहरुलाई आफ्नो पक्षमा पादै फोहोरको डनको रुपमा सरकारको कामलाई समेत अवरोध सृजना गर्दै आएको समितिका एक कर्मचारी बताउछन ।