गभर्नरको बर्खास्तको मागसहित अखिल क्रान्तिकारी र वाइसिएलले प्रदर्शन गर्दै !

दियो पोस्ट  

काठमाडौं। अनेरास्ववियू क्रान्तिकारी र वाईसीएल नेपालले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्तको माग सहित माइती घरमा विरोध प्रदर्शन गर्दै छन् ।

गर्भनर अधिकारी एमालेको अर्थ योजना विभागको सदस्य रहेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्ति अनुसार गर्भनर अधिकारीलाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

साथै, अनेरास्ववियू क्रान्तिकारी र वाईसीएल नेपालले अधिकारीको बर्खास्तको माग गर्दै आजै दिउँसो ४ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन्।

प्रतिगमन ढालेर बनेको बर्तमान सरकारलाई असहयोग गरेको भन्दै केही समय अघि उनलाई नेपाल सरकारले पदमुक्त गरेपनी अदालतले पुनर्बहाली गरेको थियो ।

राष्ट्र बैंक संचालनको निम्ति बनेको नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ को उपदफा (क)मा भनिएको छ “गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति राजनैतिक दलको सदस्य वा पदाधिकारी भएमा नियुक्त हुन अयोग्य हुने छ ।”

 

सम्बन्धित खबर