गभर्नरको बचाउ गर्दै घनश्यामले भने– स्वयम् उहाँले कुनै पार्टीमा संलग्नता नरहेको स्पष्ट पारिसक्नुभएको छ

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउमा उत्रिएका छन् । भुसालले अधिकारी पार्टीको आर्थिक विभागको सदस्य नरहेको जिकिर गरेका छन् ।

पार्टी कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नरहेको उल्लेख गर्दै भुसालले अधिकारी स्वयंले पनि कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको बताइसकेको बताएका छन् । ‘म प्रमुख रहेको नेकपा एमाले, अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ’, भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रथमतः, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको स्पष्ट पारिसक्नुभएको छ। दोस्रो, हाम्रा कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’

सम्बन्धित खबर