प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

दियो पोस्ट  

काठमाडौं । झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए ।