विश्वको पहिलो कम्प्युटर प्रोग्रामर एडा लोभलेसः जसले बाबु देख्न पाइनन् !

खुमा वली  

लेखकः पूजा राठी

अनुवादः खुमा ओली

गणित र कम्प्युटर प्रोग्रामिङको विषय आउँने वित्तिकै आम मान्छेहरु भन्छन्,‘यो त केटाहरुको विषय हो केटीलाई केही थाहा छैन । तर १८४३ सालमा एडा लोभलेसले यो धारणालाई गलत साबित गरेकी थिइन् । तर दुःखको कुरा उनको त्यति चर्चा भएन जति यो क्षेत्रमा लागेका पुरुषहरुको हुनेगर्छ ।

ऐडा लेवलेसलाई संसारकै पहिलो कप्यूटर प्रोग्रमरको रुपमा चिनिन्छ । भलै चाल्स बेबेजले पहिलो कम्प्युरको आविष्कार गरेको हुन् । तर एडा लोभलेस आधुनिक कम्प्युटर आउनु अघि नै कम्प्युटर प्रोग्रामको आविस्कार गरेकी थिइन् । उनी गणितज्ञ र लेखक थिइन । उनले १८४३ मा कम्प्युटरको एक पूरा श्रृंखला लेखेकी थिइन् ।

बाल्यकाल

एडा लोभलेसको जन्म सन् १८१५ डिसेम्बर १० मा बेलायतको एक सम्पन्न परिवारमा भएको थियो । उनका पिताको नाम लार्ड बायरन थियो । उनका पिता एक प्रसिद्ध अंग्रेजी कवि थिए । उनकी माताको नाम एनाबेला मिलबक बायरन थियो ।

एडा जन्मेको केही महिनापछि उनका माता–पिता अलग भए । केही समयपछि उनका पिताले सधैंको लागि बेलायत छाडे । जब उनी आठ वर्षकी थिइन् उनका पिताको ग्रीसमा निधन भयो । एडाले आफ्नो पितालाई कलिल्यै भेट्न सकिनन् । एडा लोभलेसकी माताले उनलाई गणितज्ञ र तर्कवादी बनाउन चाहान्थिन् । उनी एडालाई उनको पिताभन्दा फरक व्यक्तित्व भएको मानिस बनाउन चाहान्थिन् ।

उनले एडालाई पढाउनको लागि एक निजी शिक्षकको व्यवस्था गरिन् । एडा घरमा नै अंग्रेजी, इतिहास र साहित्य जस्ता विषय पढिरहेकी थिइन् । तर सबैभन्दा बढी ध्यान गणित र विज्ञान विषयलाई दिइयो । उनलाई गणित पढाउनको लागि लण्डन विश्वविद्यालका गणित प्रोफेसर, गणितज्ञ–तर्कशास्त्री आँगस्टन डी मार्गनले मद्त गरेका थिए ।

एडा पढाइमा निकै चलाख थिइन् । उनलाई मेसिनप्रति असाध्यै माया थियो ।

उनी १२ वर्षको उमरमा फ्लाइङ मेसिन बनाउन थालिसकेकी थिइन् ।

उनले आफ्नो उड्ने मेसिनको पखेटा बनाउन धेरै चीजबाट पखेटा बनाइन् ।

हवाइजहाजको आविष्कार हुनुभन्दा धेरै अघि एडाले बच्चाको रुपमा

फ्लाइङ मेसिनको कल्पना गर्न थालिसकेकी थिइन् ।

१८३३ मा पहिलो पटक यीनको भेट लाल्र्स ब्याबेजसँग भएको थियो । उनीहरुको भेटघाट मेरी समरवलेले गराएकी थिइन् । एडाको मेसिनमा रुचि देखेपछि ब्याबेजले उनलाई आफूले निर्माण गरिरहेको मेसिन हेर्न निम्तो दिए ।

एडालाई त्यो मेसिनले धेरै आकर्षित गरेको थियो । मेसिन देखेपछि एडाले मेसिन बुझ्नको लागि बेबेजसँग यसको खाका मागिन् । त्यसबेला एडाको उमेर मात्रै १७ वर्ष थियो ।

जब उनले ब्याबेजलाई इन्जिनको कामको बारेमा बुझाइन् । एडा समय मिल्दा ब्याबेजलाई भेट्न जान्थिन् । सन् १८३५ जुलाई ८ मा उनको विवाह विलियम किंग, आठौं ब्यारोन राजासँग भयो ।

विवाहपछि उनलाई अर्ल लोभलेसको उपाधि प्राप्त भयो, त्यसपछि मात्र उनले आफ्नो नामको पछाडि लोभलेस राख्न थालिन् ।
एडाले बिहे र मातृत्वका लागिे आफ्नो गणितीय अध्ययलाई अस्थायी रुपमा रोकिन् । एडाका तीन सन्तान भए , तर पारिवारिक कर्तव्य पूरा हुने बित्तिकै एडा लोभलेसले अध्ययन सुरु गरिन् । यसबीचमा उनी ब्याबेजसँग चिठीमा कुरा भइरहेको थियो ।

आफ्नो शैक्षिक र सामाजिक हैसियतका कारण उनी तत्कालिन धेरै वैज्ञानिक र अरु क्षेत्रका प्रसिद्ध व्यक्तिहरुसँग सम्पर्कमा आइन् । एडाले एन्ड्रयू क्रस, चाल्र्स ब्याबेज, सर डेभिड ब्रुस्टर, चाल्र्स व्हेटस्टोन, माइकल फराडे र लेखक चाल्र्स डिकेडेससँग परिचित भएर आफ्नो शिक्षालाई अगाडि बढाउन काम गरिन् ।

चाल्र्स ब्याबेजले उनलाई आफ्नो नयाँ परियोजना एनालिटिकल इन्जिनको बारेमा बताए । ब्याबेज आफ्नो नयाँ परियोजनाको लागि आर्थिक कोषको लागि एक यात्रामा गए । त्यही क्रममा लुइस फ्रेडेरिकोसँग भेट भयो । जसले आफ्नो मेसिनमा एक कागज लेखेको थियो । यो कागज १८४२ अक्टोबरमा स्विस एकेडेमीद्धारा प्रकाशित भएको थियो ।

१८४३ को बीच इटालियन गणितज्ञ र इन्जिनियर लुइजी

फ्रेडरिकोले लेखेको लेख एडाले अंग्रजीमा अनुवाद गरिन् ।

अनुवादका क्रममा एडालाई केही फरक लागेका कुराहरुलाई नोट गर्न सुरु गरिन् ।

उनले लेखसँगै आफ्नो नोट पनि जारी राखिन् । उनले एनालिटिकल इन्जिनको विस्तृत रुपमा व्याख्या गरिन् । एडाले विस्तृत रुपमा विवरण दिइन् कि कसरी एनालिटिक इन्जिनको कम्प्युटरमा प्रोग्राम गर्न सकिन्छ ।

चाल्र्स ब्याबेजले एनालिटिकल इन्जिनको सानो भाग बनाएका थिए, तर लभलेसको प्रयास अझै विस्तृतमा थियो । उनले नोट गरेका कुराहरु मूल लेखभन्दा तीन गुणा ठूलो थियो । एडाले आफ्नो नोटमा यो संख्यामा मात्र नभई शब्द, चित्र र संगीतका लागि पनि प्रयोग गर्न सकिने सुझाव दिएकी छन् ।

एडाले १८४३ मा आफ्नो नोटमा पहिलो कम्प्यूटर प्रोग्राम लेखिन् । एडा लोभलेसको यो काम संसारको पहिलो कम्प्युटर प्रोग्राम बन्यो ।
एडालाई विश्वको पहिलो कम्प्युटर प्रोग्रामर मानियो ।

उनको कामको निकै प्रशंसा भयो । वैज्ञानिक माइकल फराडेले आफ्ना लेखको सहयोगी भनी वर्णन गरे । एडाले १८५२ नोवेम्बर २७ मा ३७ वर्षको उमेरमा यो संसारबाट अलविदा भइन् ।

कम्प्युटरको प्रारम्भिक प्रोग्रामिङ भाषाको नाम एण थियो । रक्षा विभागले एडा नामको भाषामा सफ्टवेयर बनाएको छ । यति मात्र होइन विज्ञान, प्रविधि, इजिनियरिङ र गणितमा उनको महत्वपूर्ण यागदानको कदर गर्दै हरेक वर्ष अक्टोबरको दोस्रो मंगलबारलाई एडा लोभलेस डे का रुपमा मनाइन्छ ।