उपसभामुख पुष्पा भुसाल गौतमले लिइन् पद तथा गोपनीयताको सपथ

दियो पोस्ट  

प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

 

सम्बन्धित खबर