g]kfn cfO8n l6dsf] labfO{ sfo{qmddf cGgk"0f{ ldl8of g]6js{ssf cWoIf SofK6]g /fd]Zj/ yfkfsf ;fydf g]kfn cfO8nsf clGtd tLg k|lt:kwL{, PkLjfg 6]lnlehgsf lgb]{zs nIdL kf}8]n, cGgk"0f{sf l;Ocf] ;~horG› a:g]t, Prcf/ k|d'v ;'bds'df/ l;hfkltnufot . tl:a/ M cGgk"0f{
काठमाडौं । क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । सोमबार बिहान राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् ।
मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडिरहेका एक बालक घाइते भएको प्रहरी स्रोतले जनाएको छ।
घाइते हुनेमध्ये दुई जनाको नाम खुलेको छ। मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडा रहेका छन् । उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । बालकको चाहिँ त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ ।
आफूहरुलाई कुनै जानकारी नभएको ट्राफिक महाशाखाका एसएसपी सन्जिब शर्माले बताए । शर्माले भने, ‘हाम्रो काम घाइतेलाई अस्पताल पु¥याउने हो अरु कुरा सबै सिविल प्रहरीले नै हेर्ने हो । हामीलाई केही थाहा हुँदैन । ’
प्रहरीले भने सूचना दिन आनाकानी गरेको छ ।