विवादास्पद अभिव्यक्ति दिएपछि नेपालका लागि प्रस्तावित अमेरिकी राजदुतको एग्रिमो अस्विकार हुने !

दियो पोस्ट  

काठमाडौं । नेपालका लागि अमेरिकाले प्रस्ताव गरेको भावी राजदूत डिन आर थम्पसनलाई नेपाल सरकारले स्वीकार नगर्ने सम्भावना बढेको छ ।

राजदूत नियुक्त नहुँदै नेपालको हितविपरीत अभिव्यक्ति दिएको भन्दै सरकारले उनको नियुक्तिको एग्रिमो स्वीकार नगर्ने भएको हो ।

गत जुलाई १३ मा भएको अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा नेपालमा एमसीसीको विरोध हुँदा चिनियाँ दुष्प्रचारको प्रोजेक्ट नै चलेको आरोप उनले लगाएका थिए । त्यस्तै उनले नेपालमा दलित, सीमान्तकृत तथा तिब्बती शरणार्थीका पक्षमा काम गर्ने उनले बताएका थिए ।

उनले नेपालले स्वीकार गरेको एक चीन नीतिमाथि असर पर्ने र नेपाली समाजलाई विभाजित बनाउने कुरा बोलेको भन्दै सरकारले अमेरिकी प्रस्ताव अस्वीकार गर्नलागेको बुझिएको छ ।

उनले सिनेटमा लामो स्टेटमेन्ट नै दिएका थिए । गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त भएका उनी नेपाल नआउँदै विवादमा परेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे नेपालमा चीनिया दुष्प्रचार भएको समेत उनले बताएका थिए । नेपालमा अमेरिकी सहयोगबारे नेपालीहरुले नै प्रश्न उठाएपनि अमेरिकाले भने चीनको उक्साहटमा विरोध गरेको आरोप लगाउँदै आएको थियो ।

यस्तो छ उनले दिएको अभिव्यक्ति

सम्बन्धित खबर