धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ४ का वडाध्यक्ष कृष्ण गुरुङको पदिय आचरण विपरित अख्तियारको दुरुपयोग गरेको पाइएको छ । उनले एक व्यक्तिलाई किर्ते सिफारिस गरेर राज्यलाई ५० लाख रुपैयाँ भन्दा बढी हानी पुर्याएको पाइएको हो ।
गत वैशख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित गुरुङ त्यसअघि नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष थिए । उनले सामाजिक सञ्जालमा एक युवाले लेखेको स्ट्याटसमा जवाफ दिने क्रममा आफ्नो बद्मासी आफैले सार्वजनिक गरेका हुन् । रमेश दवाडी नाम गरेका युवाले सामाजिक सञ्जालमा वडाध्यक्षलाई इंगित गर्दै गालीगलौचको भाषामा लेखेको स्ट्याटसमा उनले प्रतिक्रिया जनाएका छन् ।
‘तिम्रो भाइ प्रकाशको ग्रिन हाउस ५० लाखको योजनामा एक रुपैयाँ पनि काम नहुँदा काम सम्पन्नको सिफारिस गरेर पठाएँ । त्यो पनि तिमीले भनेको भएर घरबाटो सिफारिसको खाली प्याडमा सहि गरेर तिमीलाई दिएँ । अझै तिम्रो अफिसको डोयरमा ती प्याडहरु बाँकी होला । त्यो चाहीँ मनलाग्दी भएन होइन,’ गुरुङले लेखेका छन्,‘हिक्मत हो भने त्यो पनि मनलाग्दी हो भनेर लेख अनि म उत्तर दिन्छु ।’
उनको प्रतिक्रियामाथि प्रतिक्रिया जनाउँदै एक युवाले यस्ता टिप्पणी सामाजिक सञ्जालमा नराख्न सुझाव दिएका छन् । गुरुङको प्रक्रियामा टिप्पणी गर्दै प्रकाश तिमिल्सिनाले काम नै सम्पन्न नभएको योजनालाई काम सम्पन्न भएको भनेर सिफारिस गर्नु राम्रो काम हो त भन्दै प्रश्न गरेका छन् । ‘जनताले यस्तै काम गर्न पठाएका हुन् ? सबैमा चेतना भया । कस्तो कस्तो क्रियाकलाप हुँदो रहेछ वडा तिर । वडाध्यक्षले माथि उल्लेख गर्नु भएको त सामान्य उदाहरण होलान् । यस्ता अपराध कति भए होलान ? रमेशले भन्दा त ५० लाखको सिफारिस भयो भने त्यस्तो रमेश कति होलान ?,’ उनले भनेका छन्,‘यस्तो अपराध हुन बन्द हुनुपर्छ ।’
उनको प्रश्नमा वडाध्यक्ष गुरुङले साथी भाईको व्यावहारीक कुरा फुकाइदिएको र सबै कुरा आफूले सार्वजनिक गर्ने र केही गलत नगर्ने जवाफ दिएका छन् ।
त्यस्तै नारायण अर्यालले पनि गुरुङले कामै नभएको योजनामा ५० लाख रुपैयाँको सिफारिस कसरी दिए भनेर प्रश्न गरेका छन् । ‘कृष्ण दाजु, तपाईँबाट केही होला कि भन्ने आशा थियो । विभिन्न दबाबकाबीच समेत निस्वार्थ भएर तपाईँको पक्षमा भोट मागेर हिँडेकै हो, भोट पनि हालेकै हो तर तपाईंको यस्ता कुराले तपाईँलाई आफ्नो जनप्रतिनिधि हो भन्नमा पनि लाज लाग्ने भएको छ ,’ अर्यालको भनाई छ,‘५० लाखको योजनामा १ प्रतिशत÷१ रुपैयाँको पनि काम नहुँदासमेत योजना सम्पन्न भएको प्रमाणित तपाईँले कसरी गर्नुभयो ? नेपाली काँग्रेसको तर्फबाट जनप्रतिनिधि हुँदा चाहिँ तपाईँले त्यस्तो विवेक पु¥याउनु पथ्र्यो कि पर्दैनथ्यो ? जनताप्रतिको उत्तरदायित्व हुन्थ्यो कि हुँदैनथ्यो ? अहिले आएर आक्रोशमा यस्ता कुरा लेखेर तपाईँले इमान्दार र मुर्ख व्यवहार देखाउनु भएको छ । तपाईँमाथि लागेका आक्षेपहरुलाई आम जनताले हो कि भन्ने शंकाको दृष्टिले हेर्ने अवस्था सिर्जना भएको छ ।’
ढोलाजस्तो ठाउँबाट ११०० भोट ल्याएर शानदार विजय हासिल गरेको २ महिना पनि नबित्दै विगतका तीतो ओकल्दा आफ्नो पूर्व चरित्रको उद्घाटन होला भन्ने सोच्नुपथ्र्यो तर सोच्नुभएन ।