ईच्छाराजलाई छुटाउन चलखेलमा सक्रिय श्रीमती सिर्जना शाक्य पनि पक्राउ !

दियो पोस्ट  

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । प्रहरी अनुसन्धान ब्युरो सिआइबीले उनलाई पक्राउ गरेको हो ।

शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।

 

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए । त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको महतोले बताए ।

सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा पूर्वसांसद समेत रहेका तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश छ । शाक्य बाहिर बसेरै ईच्छाराजलाई छुटाउन चलखेल गर्दै आएकी थिइन् ।

सिभिल सहकारीको ८ अर्ब ठगी प्रकरणमा ईच्छाराज तामाङकी पत्निसहित २२ जना अझै ‘फरार’ !