परिक्षार्थीमाथी दुर्व्यवहार गर्ने कार्यलय सहयोगीलाई हटौँडा क्याम्पसको कारवाहि

दियो पोस्ट  

मकवानपुर । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको पुष्टि भएपछि परिक्षा गार्डमाथी कारवाहि भएको छ । चेकजाँचमा संलग्न कार्यालय सहयोगी, दुईजनालाई त्रिभुवन विश्वविधालय लगायतका कुनै पनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले आफूहरुमाथि दुर्व्यवहार भएको भनेपछि बुधबार विद्यार्थीले तोडफोड गरेका थिए । घटनापछि क्याम्पसले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीलाई कारवाहि गर्ने प्रतिवद्धता जनाएको थियो । मंगलबार परीक्षा गार्डले चिट लुकाएको भन्दै चेकजाँच गर्दा गोपनीयता हनन हुने गरी दुर्व्यवहार गरेको आरोप विधार्थीले लगाएका थिए ।

सम्बन्धित खबर