काठमाडौं । सिभिल बैंकमा कार्यरत एक महिला कर्मचारीमाथि बैंककै सिइओ सुनिल कुमार पोखरेलले गुप्तचरी गरेको घटना सार्वजनिक भएको छ । यो घटना यतिबेला प्रहरी कार्यालयसम्म पुगेपछि पोल खुलेको हो ।
घटना सोमबारको हो । सिभिल बैंकका सिइओले महिला कर्मचारीको निगरानी गर्न खटाएका अमृत खड्का भनिने व्यक्ति पक्राउ परेपछि घटनाको पोल खुलेको हो । सिभिल बैंकको केन्द्रीय कार्यालय सुन्धारामामा कार्यरत ती महिला लामो समयदेखि शौचालयमा अल्मलिने गरेको सुचना सिइओले पाएका रहेछन् । त्यस विषयमा स्टाफहरुकै बीचमा पनि खासखुस कुरा हुने गर्दो रहेछ । बैंकको सीईओले को कता गएको छ, कसले के गरेको छ भनेर सीसीटीभीबाट नै हेर्ने गरेको र लामो समयसम्म ती महिला आफ्नो सिटमा नभएको कुरा उनले आफ्नो कार्यकक्षमै बसेर नोटिस राखेका रहेछन् । त्यसपछि त्यति लामो समयसम्म पटक–पटक ट्वाइलेट गएर ती महिलाले के गर्छिन् भन्ने पत्ता लाउन उनले अमृत खड्कालाई जिम्मा लगाएको उच्च स्रोतको दाबी छ । खड्काले पहिले शौचालयको छिद्र खोजेका थिए । त्यही छिद्र प्रयोग गरेर मोबाइलले भिडियो खिच्न पो थालेछन् । भिडयो खिच्दै आएका उनी सोमबार भने ती महिला शिकार बने ।
सोमबार पाचौँ पटक उनले भिडियो खिच्दै गर्दा ती महिलाले लखेट्न भ्याइन् । सधैँजसो सोमबार दिउँसो पनि ती महिला शौचालय गइन् । केहीबेर शौचालयमै बसेर उनी बाहिर निष्कन खोज्दा ढोकामै भिडियो खिचिरहेको अवस्तामा खड्का भाग्न खोजे । अनि मात्र महिलालाई होस खुल्यो कसैले पिछा गरिरहेको रहेछ भनेर । ती महिलाले खड्कालाई लखेट्दै गइन् र अलि पर पुगेपछि समातेर भुइँमा पछारिन् ।
हेर्ने तमासेहरु के भो ? के भो भनेर तमासा हेर्न लागे । उनले चाहिँ भकुर्नुसम्म भकुरिन् खड्कालाई । त्यसपछि पुलिस बोलाएर त्यसलाई पठाइयो । अहिले ती व्यक्ति काठमाडौंमा प्रहरी हिरासतमा रहेको छ । ती महिलालाई खड्काले आफू ट्वाइलेटभित्र बस्दा बनाएको भिडियो भएको मोबाइल पनि प्रहरीलाई दिएकी छन् । प्रहरीसमक्ष खड्काले आफ्नो अपराध स्वीकार गरिसकेको बताइएको छ । पक्राउ परेका खड्काले बयानका क्रममा सिइओको नाम लिइदिएपछि सिइओ तनावमा छन् । त्यसैले होला उनलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा उनका कर्मचारी बताउने तिर्थ श्रेष्ठले प्रतिक्रिया दिए । उनले सिइओ साप मिटिङमा हुनुहुन्छ भन्दै टार्ने कोशिस गरे । केहीबेरमै बैंकका अर्का कर्मचारी दिपेश डंगोलले फोन गरे । उनले उक्त शौचालयमा एक महिलाको भिडियो खिच्दा खिच्दै एक युवा पक्राउ परेको स्विकार गरे । ‘शौचालयमा भिडियो खिचेपछि त जो कोहिले पनि प्रतिवाद गर्छन् । शरिरमा ट्याटु हानेको युवाले यस्तो गरेको भन्ने सुनेको छु । मानसिक अवस्था ठीक नभएका युवा हुन सक्छन् त्यस्ता युवाले जे पनि गर्नसक्छन् । जसको नाम पनि लिन सक्छन् । त्यो ठूलो विषय होइन,’ उनले भने ।
उनका अनुसार सिइओ पोखरेलको फोेन नम्बर कसैलाई पनि नदिन निर्देशन छ ।