नेपाल छाडेर पुबुदु बने क्यानडाको प्रशिक्षक

दियो पोस्ट  

कबाठमाडौं । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षक व्यक्तिगत कारण छोडेको बताएका पुबुदुले क्यानडाको टिम सम्हाल्ने भएका हुन् । पुबुदुले क्यानडाको टिममा प्रशिक्षक सम्हाल्ने निश्चित क्यानडा क्रिकेटले जनाएको छ ।