काठमाडौँ । २१ जुलाईका दिन भारतले १५ औँ राष्ट्रपति पाएको छ । विश्वकै सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतले, पहिलो पटक आदिवासी समुदमयबाट राष्ट्रपति पाएको हो ।
सत्तारुढ भारतीय जनता पार्टीकी द्रौपदी मुर्मूले छ लाख ७६ हजार आठ सय तिन मत मुल्यसहित विपक्षी उमेद्दवार यशवन्त सिन्हालाइ पराजित गर्दै राष्ट्रपति पदमा निर्वाचित भएकी छन् ।
उनले विपक्षी सांसदको १७ तथा विपक्षी विधायकको १२५ भोट पाएकी थिइन् । पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी, एनसीपी प्रमुख शरद पवार र कांग्रेसका राहुल गान्धीलगायत धेरै विपक्षी नेताहरूले राष्ट्रपति चुनावमा विजयी भएकोमा द्रौपदी मुर्मुलाई बधाई दिएका छन् । त्यसैगरी नेपालका प्रधान्मन्त्री शेर बहादुर देउवाले पनि ट्विटर मार्फत नवनिवार्चित राष्ट्रपतिलाई बधाई दिएका छन् ।
आगामी २५ जुलाईमा उनले मुख्यन्यायाधीश समक्ष शपथ ग्रहण गर्ने छन् । उनी स्वतन्त्र भारतमा जन्मिएर बनेकी पहिलो राष्ट्रपति हुन् । भारतको इतिहासमा १९४७ अघि जन्मिएकाहरु मात्र राष्ट्रपति बनेका थिए । त्यसैगरी २०१४ मा प्रधानमन्त्रीमा नियक्ति भएका नरेन्द« मोदी पनि स्वतन्त्र भारतमा जन्मिएका पहिलो प्रधानमन्त्री थिए ।
उनको परिवारिक तथा राजनीतिक पृष्ठभूमी
उनको जन्म २० जुन १९५८ मा भारतको ओडिसा स्थित मयूरभंजमा भएको हो । उनको स्थाई घर अझै पनि ओडिसामै रहेको छ । उनको सामान्य ६ कोठा सहितको दुइ तले घर रहेको छ । उनका बाबु तथा हजुरबाबुले गाँउ पञ्चायत प्रमुखका रुपमा राजनीतिक विरासत बोकेका थिए । सन्थाल समुदायकी मुर्मुको राजनीतिक जीवन भने १९९७ मा भारतीय जनता पार्टीबाट सुरु भएको हो ।
१९९७ मा रमादेवी महिला कलेजबाट ग्रेजुएशन गरेकी उनी राजनीतिमा प्रवेश गर्नु भन्दा पहिले गृह जिल्लामा उप–प्राध्यापक भइ शिक्षण पेसामा आवद्द थिइन् ।
द्रौपदी मुर्मूको राजनीतिक यात्रा ओडिसा, मयूरभंज स्थित रंगरायपुरको वडा परिषदमा निर्वाचित भएपछि प्रारम्भ हुन्छ । उनलाई विनम्र र जमिनको नेताका रुपमा मतदाताहरुले चिनेका छन् । त्यसैले पनि होला उनी ओडिसाबाट दुई पटक विधायकमा निर्वाचित भईन् । द्रौपदी मुर्मुलाई ओडिशाको विधान सभाले २००७ मा सर्वश्रेष्ठ विधायकको लागि नीलकण्ठ पुरस्कारबाट सम्मानित गरेको थियो। सन् २००० देखी २००४ सम्म झारखण्डको राज्यपाल अर्थात् गर्भनर भएर राजनीतिक यात्रा थप कसिलो पारेकी थिइन् ।
अत्यन्तै सामान्य जिवनशैली अपनाएकी मुर्मूले ६ कोठाको घरदेखी आज ३४० कोठा रहेको राष्ट्रपति भवनको जिम्मेवारी समाल्ने अवसर पाएकी छन् ।
२००९ देखी २०१४ सम्मको समयवधिमा उनले निकै पारिवारिक पिडा सहनु प¥यो । २००९ मा उनले आफ्नो २५ वर्षिय पुत्र गुमाइन् । यसले गर्दा उनी डिप्रशेनको शिकार समेत हुन पुगिन् । मानसिक रुपमा विचलित भएपछि उनले आत्धात्मिक मार्ग अपनाएर आफूलार्इ निको पारिन् । तर २०१३ मा फेरी उनलाई दोस्रो पुत्र वियोगले विचलित बनायो । विस्तारै आफ्नो राजनीतिक यात्रालाई अघि बढाउदै गर्दा २०१४ मा उनले श्रीमानको मृत्यूबाट फेरी आफूलार्इ सम्माल्नुपर्ने अवस्था आयो ।
आफूलाई आध्यात्मिक मार्गमा लगेर उनले आफ्नो पिडा विस्तारै भुल्ने प्रयत्न गरिन् । यही क्रममा २०१५ मा उनी झारखण्डको पहिलो महिला गर्भनरमा नियुक्ति भइन् । सोही कार्यकालले मुर्मू अडिग र निडर छिन् भन्ने प्रमाणित गरेको थियो । २०१७ मा झारखण्डका मुख्यमन्त्रीले आदिवासी सुमुदायसँग सम्बन्धित ऐन विधानशभाबाट पारित गराएर हस्ताक्षरका लागि मुर्मू समक्ष पठाएका थिए । द्रौपदी मुर्मूले यो ऐन आदिवासी समुदायसँग विपरित छ भनेर अस्विकृत गरेकी थिइन् ।
त्यसैगरी, २०१९ मा मुख्यमन्त्री हेमन्त सोरेनले पनि पेश गरेको संशोधित कानुन न्याय संगत नभएको भन्दै फिर्ता पठाएकै कारणले उनको निर्भिक स्वाभाव पहिचान भएको थियो ।
२०१५ मा झारखण्डको गभर्नरको रूपमा द्रौपदी मुर्मुले छोटानागपुर टेनेन्सी एक्ट, १९०८, र सन्थाल परगना टेनेन्सी एक्ट, १९४९ मा संशोधन गर्नको लागि झारखण्ड विधान सभाले अनुमोदन गरेको बिललाई स्वीकृति दिन अस्वीकार गरिन्।
उक्त विधेयकमा आदिवासी जनजातिलाई आफ्नो जग्गाको व्यवसायिक उपयोग गर्ने अधिकार दिनुका साथै जग्गाको स्वामित्व परिवर्तन नहुने कुरा सुनिश्चित गर्न माग गरिएको थियो ।