अछाममा मध्यराती पहिरो : एकै घरका ३ जनाको मृत्यु

दियो पोस्ट  

अछाम । अछामको तुर्माखाँद–२ भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । एक जनाको भने जिवितै उद्धार गरिएको छ ।

आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् । घरमुली अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएका थिए ।

सम्बन्धित खबर