काठमाडौं ः नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका सुरज बैद्यको तिनकुनेस्थित घरमा प्रहरीले छापा मारेको छ ।
बैद्यले उक्त घर भाडामा लगाएको भनिएको छ । उक्त घरमा स्काइ वर्ल्ड कल सेन्टर नामक कम्पनि संचालनमा छ । प्रहरीले उक्त कल सेन्टरको नाममा अवैध धन्दा भएको चाल पाएपछि छापा मारेको हो ।
यहाँ २ हजार बढी युवायुवतीहरु काम गर्ने गरेको पाइएको छ।
प्रहरीले छापा मारेपछि ती युवायुवती बाहिर निस्केका छन्।
व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो।
आइतबार भैरहवाको तिलोत्तमा नगरपालिका(२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो। छापा मार्नेक्रममा प्रहरीले एकजना भारतीयसहित ९ जना टिम लिडरलाई पक्राउ गरेको थियो ।