यी हुन् हिरासत भित्रै महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका प्रहरी !

दियो पोस्ट  

बाँके । प्रहरी हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा एक असई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं प्रहरी हिरासतमा रहेकी एक महिलालाई बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप लागेका चौलागाईंलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याएर सोधपुछ भइरहेको छ ।

शुक्रबार बिहान दुई बजे असई चौलागाईंले ‘मुद्दाबारे सोधपुछ गर्नु छ’ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेका थिए । बाँके प्रहरी प्रवक्ता डिएसी न्यौपानेका अनुसार हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी थिइन् ।