काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरिमा सन्चालन भइरहेको केबलकारमा कुनै पनि प्रविधिक समस्या नभएको दाबी गरेको छ । चन्द्रागिरिमा लिमिटेडले शुक्रबार पत्रकार सम्मेलन गर्दै हिल्सले कहिलेकाहीँ विद्युत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा समस्या नभएको दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिँदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए ।
उक्त समस्या केवलकारको समस्या नभएर विद्युतका कारण समस्या भएको स्पष्ट पारे । प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको उनको जिकिर छ ।
कहीलेकाहीँ केबलकार एक्कासि बन्द हुने गर्दा यात्रु अलपत्र पर्दै आएका छन् ।