ललिता निवासको जग्गामा तारबार गर्ने भन्दै महानगरको टोली बालुवाटारमा

लिखत कीर्तेमा अनुसन्धान गर्दै सीआईबी

दियो पोस्ट  

काठमाडौं । ललिता निवासको जग्गामा तारबार गर्ने भन्दै काठमाडौ महानगरपालिकाको टोली बालुवाटार पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लिखत कीर्तेमा अनुसन्धान गरिरहँदा महानगरपालिकाको नगर प्रहरी जग्गा संरक्षणका लागि पुगेको हो।

काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने तयारी गरेको छ।

आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार गएको हो। उक्त जग्गासम्बन्धी विवाद विशेष अदालतमा पनि विचाराधीन छ।

विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।