हाम्रोभन्दा राम्रो विचार लिएर आउनेलाई ठाउँ छोड्न गाह्रो छैनः प्रधानमन्त्री

दियो पोस्ट  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ आउनेहरूलाई ठाउँ छोड्न कुनै गाह्रो नभएको बताएका छन् ।

आफूहरूले लिएका एजेन्डाभन्दा राम्रा एजेन्डासहित कोही दलहरू आए ठाउँ छोड्न गाह्रो नपर्ने प्रधानमन्त्री दाहालले बताएका हुन्।

‘मैले कहिलेकाहीँ भन्ने गर्छु, हाम्रोभन्दा राम्रो विचार लिएर कोही आउने, हाम्रोभन्दा धेरै त्याग र तपस्या रहेका दलहरू कोही अगाडि आउने र जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने तिनीहरूलाई सम्मान गर्न, ठाउँ छोड्न केही गाह्रो छैन,’ गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने।

तर राम्रा एजेन्डासहित कोही नआएको प्रधानमन्त्री दाहालको भनाइ छ। ‘हामीले अलिकति पनि हेलचक्य्राइँ गर्ने हो भने यो प्रणाली र राष्ट्रकै भविष्य दुर्घटनामा पर्ने देखिन्छ,’ उनले भने।