ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

दियो पोस्ट  

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह लगायतको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वउ डा. आनन्दमोहन भट्टराई र हरिप्रयाद फुयालको इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी भएको थियो ।