कोशीमा प्रधानममन्त्री प्रचण्डका ज्वाइँसहित तीन मन्त्रीले लिए शपथ

दियो पोस्ट  

काठमाडौं । कांग्रेस नेता उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान नेकपा माओवादी केन्द्रबाट दुई र कांग्रेसका एक मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिएका हुन् ।

माओवादीबाट जीवन आचार्यलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइँदा राजेन्द्र कार्की तथा कांग्रेसका रामकुमार खत्रीलाई भने बिनाविभागीय मन्त्री बनाइएको छ ।

प्रधानमन्त्री पुष्पकम दाहाल ुप्रचण्डुका ज्वाइँसमेत रहेका आचार्य यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारका पालामा पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

आचार्य मोरङ क्षेत्र नम्बर ६ (२), कार्की सङ्खुवासभा १ (१) बाट निर्वाचित भएका थिए । त्यस्तै कांग्रेसका खत्री उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् । योसँगै कोशी प्रदेशमा ६ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।