काठमाडौँ । मेडिकल व्यवसायीका चर्चित दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेका थिए । प्रसाईंले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईंलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए ।
प्रसाईंले पछिल्लो समय संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणालगायतका माग राख्दै ‘नागरिक बचाऊ महाअभियान’ थालेका थिए । उनले बैंकको ऋणले व्यवसायीलाई थप मार परेको भन्दै नतिर्न आव्हान गर्दै विभिन्न ठाउँमा विरोधका कार्यक्रम पनि गरेका थिए ।
यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।