प्रहरी जवानलाई हात बाँधेर कार्यालयमै यातना

दियो पोस्ट  

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामै एक प्रहरी जवानलाई हात बाँधेर यातना दिइएको छ ।

प्रहरी जवान अणु रायको हात पछाडिबाट बाँधिएको छ । सार्वजनिक भिडिओमा सादा पोशाकमा रहेका उनी रोइरहेको देख्न सकिन्छ ।

घटना गत मंगलबार साँझको हो । बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ ।

यद्यपी सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।