जोशीविरुद्धको भ्रष्टाचार मुद्धामा पेसी सरेको सर्यै, ४५ औँ पेसी साउन २३ मा

दियो पोस्ट  

काठमाडौँ, असार २७ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचारा मुद्धाको पेसी ४५ औँ पटक सरेको छ । ४४ औँ पटकको विहीाबारको पेसीमा बहस हुन नसकेपछि पुन सारिएको हो ।

न्यायधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासमा पेस भएको सो मुद्धा हेर्न नमिल्ने जनिई स्थगित भएको हो । सर्वोच्चको वेबसाइटमा हेर्न नमिल्ने जनाइएको सो मुद्दाको ४५ औँ पेसी साउन २३ मा तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कल फाइल पेस गर्न अटेर गरेकोे भन्दै केही समय अघि सर्वोच्चले अख्तियारका सचिवसमेतलाई कारबाही गर्नेसम्मको चेतावनी दिएको थियो । नागरिक दैनिकमा खबर छ ।