बाढी पहिरो र डुवानको क्षति विवरणः ५० जनाको मृत्यु, ११ सय ४ को सकुशल उद्धार(नामसहित)

दियो पोस्ट  

काठमाडौँ, असार २९ । तीनदिनदेखिको बर्षाकाको देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट हालसम्म ५० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यलयका अनुसार बाढी पहिरो र डुबानबाटै हालसम्म ३० जना घाइते भएका छन् भने २५ जना वेपत्ता रहेका छन् ।

मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। खोटाङ, काठमाडौं मकवानपुरमा ३र३ जनाको मृत्यु भएको छ।

मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २र२ जनाको ज्यान गएको छ। इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १र१ जनाको मृत्यु भएको छ।

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २२ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ। सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, रौतहटमा २०० घरधुरी र पर्सामा १२० घरघुरी बिस्थापित भएका छन्।

विपद व्यवस्थापन तथा उद्धारका लागि नेपाल प्रहरीका ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ । त्यस्तै नेपाली सेनाले ८ हजार फौज परिचालन गरिएको छ । फिल्डमा नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरि उद्दार कार्यलयाई तिब्रता दिइएको छ । त्यस्तै सशस्त्र प्रहरी बलले पनि प्रभावित स्थानहरुमा सुरक्षाकर्मी परिचालन गरि उद्दार गरेको छ ।