काठमाडौँ, साउन १ । एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पुर्ण प्रक्रियामा समझदारी जुटाएको छ । दई अध्यक्षबीच आइतबारयता लगातार छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको छ ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी बनाएका हुन् । समझदारीलाई साउन ५ गते बस्ने सचिवालय वैठकले अनुमोदन गर्नेछ ।
नेकपाका ७७ जिल्लाका क्ष्न्चार्ज र सहइन्चार्ज, ३२ केन्द्रिय विभागमध्य १८ मा पुर्वएमाले र १४ मा पुर्व माओवादीले पाउने भएका छन् । यस्तै केन्द्रीय आयोगमा २ पुर्व एमाले र एक पुर्व माओवादीको भागमा परेको छ । ७७ जिल्ला इन्चार्जमा ४४ मा पुर्वएमाले र ३३ मा पुर्व माओवादीले पाएका छन् । आकाश क्षेत्रीले अन्नपुर्ण दैनिकमा खबर लेखेका छन् ।