काठमाडौँ, साउन १ । एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वोच्च अदालतले भारत तथा अन्य मुलुकबाट आउने तरकारी तथा फलफुल विषादी परिक्षण नगरी नभित्र्याउन मंगलबार अन्तरिम आदेश दिएको छ ।
न्यायधीशद्वय हरिकृष्ण कार्र्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुइदिनको बहस सकिएपछि सरकारका नाममा अन्तरिम आदेश दिएको हो । विषादी मुद्दामा ६ दिनअघि न्यायधीश आनन्दमोहन भट्टराईको इजलासबाट तरकारी तथा फलफुल विषादी परिक्षण नगरी नभित्र्याउन अल्पकालीन आदेश जारी गरेको थियो । नागरिक दैनिकमा खबर छ ।