काठमाडौं, साउन ५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गासँग सम्बन्धित अनुसन्धानमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग समेत बयान लिने तयारी गरेको छ ।
नेकपाका वरिष्ठ नेता नेपाललाई भने गोप्य रूपमा बयान लिने तयारी गरेको स्रोतको दाबी छ । ‘उहाँसँग पनि सोधिन्छ, तर बयान नभनी गोप्य रूपमा सोध्न सकिन्छ,’ अख्तियार स्रोतले भन्यो । तत्कालीन सचिव दीप बस्न्यातद्वारा लेखिएको र मन्त्री गच्छदारद्वारा स्वीकृत फाइलमा ‘प्रधानमन्त्री माधव नेपालसँग भएको छलफलको निष्कर्षका आधारमा उहाँकै चेम्बरमा टिप्पणी लेखिएको’ उल्लेख छ । नयाँपत्रिका दैनिकबाट