काठमाडौं, १० साउन । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न कम्पनिको नाममा करोडौँ ऋण अपचलन गरेको पाइएको छ ।
लालीगुराँसकै ब्रान्ड नेमबाट सञ्चालित कम्पनि, फाउन्डेशन र हस्पिटल मार्फत करोडौँ ऋण निकाल्ने गरेको तथ्य फेला परेको हो ।
भण्डारीकै स्वामित्व रहेका दर्जनभन्दा बढी कम्पनिहरुमा अस्वभाविका ऋण प्रबाहा भएको पाइएको छ ।
दियोपोस्टले फेला पारेको ऋणीहरुको मास्टर लिस्टमा करोडौं रकमको कर्जा उनकै कम्पनिले सस्तो ब्याजमा लिएको पाइएको छ ।
लालीगुराँस समुहकै लगानी रहेको, श्री लालीगुराँस एजुकेशन फाउन्डेशन, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस हस्पिटल प्राली, श्री लालीगुराँस जनस्वास्थ्य लगायत दर्जनौँ कम्पनिमा सहकारीले करोडौँ ऋण प्रवाहा गरेको पाइएको छ ।
दियोपोस्टले फेला पारेको स्टेटमेन्ट अनुसार सन् २०१४ डिसेम्बर १० मा श्री लालीगुराँस एजुकेशन फाउन्डेशनको नाममा ४५ लाख रुपैयाँ ऋण प्रबाहा भएको देखिएको छ । त्यस्तै सोही दिन सोही एजुकेशन फाउन्डेशनको नाममा अर्को ५२ लाख रुपैयाँ ऋण प्रवाहा भएको देखिएको छ ।
फाउन्डेशनकै नाममा सोही दिन ७१ लाख रुपैयाँ ऋण प्रवाहा भएको देखिएको छ । एकै दिन फाउन्डेशनको नाममा कुल एक करोड ६८ लाख ऋण दिएको देखिएको छ ।
सन् २०१५ अक्टोबर ९ मा सोही एजुकेशन फाउन्डेशनको नाममा अर्को ५० लाख ऋण प्रवाहा भएको देखिएको छ । सन् २०१७ एप्रिल २० मा फाउन्डेशनकै नाममा दुई पटक गरी २ करोड ८० लाख रुपैयाँ निकालिएको छ ।
सन् २०१६ अक्टोवर २ मा फाउन्डेशनले ५५ लाख ८ हजार ७ सय १६ रुपैयाँ ऋण लिएको देखिन्छ ।
सन् २०१६ जुलाई १५ मा श्री लालीगुराँस प्रोफेश्नलको नाममा ४७ लाख रुपैयाँ सहकारीबाट ऋण लिएको देखिन्छ ।
सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारी सहितको स्वामित्वमा स्थापना भएको उक्त फाउन्डेशनले नयाँ बानेश्वर स्थित शंखमुल चोकमा लालीगुराँस माबि सञ्चालन गरेको छ । नाफामुखि कलेजमा सर्वसाधरणको लगानी भएको सहकारीबाट करोडौँ रकम लगानी गरेर भण्डारीको समुहले एकतर्फी फाइदा लिइरहेको छ ।
आफै अध्यक्ष आफै ऋणी : लालीगुराँस हस्पिटललाई करोडौँ ?
त्यस्तै सोही समुहको लगानी भएको अर्को प्रोजेक्ट हो लालीगुराँस हस्पिटल प्राली । ललितपुरको सातदोबाटोमा सञ्चालित उक्त अस्पतालको नाममा पनि करोडौँ ऋण प्रबाहा भएको देखिएको छ । तर अस्पताल भने जिर्ण अवस्थाको छ ।
श्री लालुगराँस जनस्वास्थ्य र लालीगुराँस हस्पिटलको नाममा करोडौँ ऋण प्रवाहा भएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारी नै उक्त अस्पतालका अध्यक्ष हुन् ।
स्टेटमेन्ट अनुसार भण्डारीले लालीगुराँस जनस्वास्थ्यको नाममा सन् २०१६ जुलाई १५ मा चार करोड ९३ लाख रुपैयाँ ऋण निकालेका छन् । त्यस्तै सोही नाममा भण्डारीले सोही मितिमा अर्को ९ करोड ऋण निकालेका छन् । सन् २०१७ मार्च १२ मा लालीगुँरास हस्पिटलको नाममा एक करोड ५० लाख ऋण निकालिएको देखिएको छ । त्यस्तै सोही दिन अर्को पटक १ करोड ४० लाख रकम ऋण भण्डारीले निकालेको देखिन्छ । लालीगुराँस हस्पिटलको नाममा सन् २०१७ जुलाई १३ मा अर्को एक करोड रुपैयाँ भण्डारीले निकालेका छन् ।
सन् २०१७ जुन १३ मा लालीगुराँस हस्पटलकै नाममा भण्डारीले २० लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । सन् २०१५ मे २६ मा भण्डारीले हस्पिटलकै नामबाट १५ लाख रुपैयाँ ऋण लिएको स्टेटमेन्टमा देखिन्छ ।
लालीगुराँस हस्पिटलकै नाममा सन् २०१६ डिसेम्बर १८ मा ५८ लाख रुपैयाँ निकालेको देखिएको छ ।
त्यस्तै सन् २०१३ अगस्ट २२ मा हस्पिटलकै नाममा ८ लाख १३ हजार २ सय १३ रुपैयाँ ऋण निकालिएको छ ।
इन्भेष्टमेन्टको नाममा करोडौँ !
ललितपुरकै भनिमण्डलका कार्यालय रहेको जया लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनिको काम जग्गा दलाली धन्दा हो । सो कम्पनिका मुख्य लगानी कर्ता नै सुरेन्द्र भण्डारी हुन् । भण्डारीले उक्त कम्पनिको नाममा पनि करोडौँ निकालेका छन् । स्टेटमेन्ट अनुसार सन् २०१५ जुलाई १५ मा उक्त कम्पनिको नाममा लालीगुराँस सहकारीबाट १ करोड ११ लाख रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ ।
त्यसको एक दिनअघि १४ जुलाईमा २० लाख रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ । सन् २०१६ मे ६ मा जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्रा.लीको नाममा ९५ लाख रुपैयाँ ऋण प्रवाहा भएको देखिएको छ ।
सन् २०१४ जुलाई १५ मा घरजग्गा कारोबारको शिर्षकमा उक्त इन्भेष्टमेन्ट कम्पनिलाई ४ कँ्ढ ८० लाख ऋण दिइएको देखिएको छ ।
लालीगुराँस गाई फार्ममै शंकाष्पद लगानी !
श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको नाममा लाली गुराँस सहकारीले चितवन जिल्ला खैरहनी नगरपालिका वडा नम्बर ११ मा गाई फार्म सञ्चालन गरेको छ । मुख्य लगानी कर्ता रहेका सहकारीका सुरेन्द्र भण्डारीले यो फार्मलाई सहकारीको दुरुपयोग गर्ने प्रमुख गन्तव्य बनाएका छन् ।
सन् २०१२ मे ५ मा कृषि प्रोजेक्टको नाममा १५ करोड ९२ लाख ७९ हजार २ सय ८९ रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ । तर, १५ करोड लगानीको कुनै भौतिक संरचना वा लगानी भने देखिँदैन । यत्तिका रकम निकाल्दा ब्याजदर भने शुन्य प्रतिशत उल्लेख छ । त्यस्तै सन् २०१७ जुन २२ मा श्री लालीगुराँस डेरी प्रोसेसनको नाममा ७९ हजार ४ सय ४४ रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ ।
हाइड्रोलाई ३ करोड ८५ लाख !
लालीगुँरास सहकारीकै उच्च अधिकारीले हाइड्रपावरमा लगानी गरेका छन् । सिन्धुपाल्चोक जिल्ला साविक लार्चा गाविस १ तातोपानीमा निर्माण भएको भैरव कुण्ड हाइड्रपावरमा सहकारीबाट सन् २०१७ जुन ५ मा ३ करोड ३५ लाख ऋण लगानी भएको देखिएको छ ।