काठमाडौँ, साउन १४ । आर्थिक बर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबको चेक साट्न बाँकी छ । असारमसान्तम्म चेक काटे पनि विका निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ती गर्ने ठेकेदारलाई सम्बन्धित कार्यलयले हस्तान्तण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यलय स्रोतले बतायो ।
विगतदेखि नै आर्थिक बर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्रण नगर्ने पवृत्ती छ । कोष तथा लेखा नियन्त्रक कार्यलयले भुक्तानीको चेक सम्बन्धित खर्च निकायमा पठाए पनि ठेकेदारसाग मोलमोलाईका लागि समयमा हस्तानरण नगरेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । महालेखा नियन्त्रकको कार्यलयका अनुसा असारमा काटिएका २४ हजार नौ सय १७ चेक साट्न बाँकी छन् । यस्तो चेक करिब १९ अर्ब रुपैयाँका छन् । मंगलबारको अन्नपुर्ण दैनिकमा खबर छापिएको छ ।