खानेपानीमा उपत्यकावासीको पिडा– पानी झर्दैन, मिटर चढिरहन्छ

दियो पोस्ट  

काठमाडौं, साउन १३ । कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान अन्नपूर्ण टोली त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएलं) को मुख्य कार्यालय पुग्यौँ। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा सरकारी गाडी गाडी थिए। त्यहाँ कर्मचारी मात्रै भएकाले हामी उपभोक्ता खोज्दै केयूकेएल शाखा थापाथली पुग्यौं।

उपभोक्ता महसुल बुझाउन फाट्टफुट्ट आइरहेका थिए। उनीहरूको एउटै गुनासो थियो, ‘धारामा पानीको थोपो झर्दैन, पैसा भने महिना दिन तिर्नैपर्छ नत्र जरिबाना लाग्छ।’

धारामा पानी नआए पनि काठमाडौं उपत्यकाबासीले महसुल तिर्नुपर्छ। ‘सातामा एकचोटि पानी आउँछ तर त्यो पनि ठेगान हुँदैन,’ काठमाडौं–२१ भोटेबहालका सानोभाइ डंगोलले भने, ‘मेलम्ची आउँछ कि भन्ने आसमा पैसा तिर्न आएको।’ उनले पानी नआए पनि आफूले नियमित महसुल तिररहेको बताए।

‘मेलम्चीको कुरा सुन्दासुन्दै बूढो हुने भएँ। एक दिन त कसो नआउला,’ उनले भने, ‘मेरा पालामा नआए पनि छोराछोरीको समयमा आउला नि। उनीहरुका लागि भए पनि तिरिदिनुपर्‍यो।’ सुरेन्द्र काफ्ले र खगेन्द्र भण्डारीले मंगलबारको अन्नपुर्ण पोस्टको लागि रिपोर्ट तयार पारेका छन् ।

सिफारिस