काठमाडौं, १ साउन । नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टम ह्याक गरेको अभियोगमा सहरी विकास तथा भवन कार्यालय धनकुटाका कर्मचारी पक्राउ परेका छन् ।
मोबाइल एपको सर्भर सिस्टम भित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफुले आर्थीक लाभ समेत लिएको भन्दै नेपाल टेलिकमले सिआइबीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।
ह्याकर देउजाल अनट्रेसेबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँच बनाएको देखिई प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेको खुलेको थियो ।
पक्राउ पर्नेमा धनकुटा, पाख्रिबास न.पा.–०५ स्थाई घर भई हाल धनकुटा न.पा. ४ बस्ने, सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत वर्ष २८ को दिवाकर देउजा रहेका छन् ।