बालुवाटारमा नेकपा स्थायी समिति वैठक शुरु, ओली आएनन्

दियो पोस्ट  

काठमाडौँ, साउन ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति वैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको वैठकमा अध्यक्ष ओली भने अनुपस्थित रहेका छन् ।

केही समय यता नेकपामा देखिएको आन्तरिक किचलो समाधान नभएपछि प्रधानमन्त्री ओली आजको स्थायी समिति वैठकमा अनुपस्थित भएका हुन् । प्रधानमन्त्री अनुपस्थित भएतापनी उनकै सहमतीमा वैठक शुरु भएको एक स्थाय िसमिति सदस्यले बताए ।

नेकपाभित्रको विवादका कारण यसअघि पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै आएको छ । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।

सिफारिस