थप १३३ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो

दियो पोस्ट  

काठमाडौं, साउन ९ । पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको मन्‍त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिएको छ ।

त्यस्तै कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ । यस्तै थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मृत्यृ हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ स्थित रानिघाटकी ८५ वर्षीया महिला रहेकी छिन् ।

उनको आज बिहान ९ बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।