पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

दियो पोस्ट  

काठमाडौं, २९ असार । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।

जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरीले बालिकाका छिमेकीसमेत रहेका जोशीलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार जोशीले असार १८ गते घरमा कोही नभएका बेला बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

जोशीलाई हिरासतमा राखेर अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।