चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

diyopost.com
दियो पोस्ट  शुक्रबार, साउन ०८, २०७८ | १५:३८:२१

काठमाडौं, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ ।

मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ । रासस

सम्बन्धित खबर