काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पुनः बस्ने भएको छ।
बिहीबार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बस्ने उनी पक्षीय नेताले बताएका छन् ।
विहिबारको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्श निकालेको थियो ।
१४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए।
नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेकोसमेत आरोप लगाएका छन्।
देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए।