‘केपी ओलीको धर्म छोरो हुँ’ भन्दै चितवनमा घिमिरेको गुण्डागर्दी : प्रध्यापकमाथि कुटपीट ! [भिडियोसहित]

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेको भातृ संठगन युवा संघ नेपालका एक केन्द्रीय सदस्यले चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा एक प्रध्यापकसहित २ शिक्षिकामाथि हातपात गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीको धर्मछोरो हुँ भन्दै आएका युवा संघका केन्द्रीय सदस्य तथा युवा परिषद चितवनका अध्यक्ष समेत रहेका अस्मिन
घिमिरेले क्याम्पसका विज्ञान विषयका प्रध्यापक श्रीराजु उपाध्याय, र शिक्षिकाहरु लक्ष्मि पोखरेल, गंगा भट्टराईमाथि हातपात गरेका हुन् ।

कक्षामा पढाईरहेका बेला घिमिरेले प्रध्यापक उपाध्यायमाथि हातपात गरेका थिए । छुट्याउन पुगेका शिक्षिका लक्ष्मि र गंगामाथि पनि घिमिरेले हातपात गरेका हुन् ।

घिमिरेले हातपात गर्दै गरेको सिसिटिभी फूटेज समेत फेला पर्दा पनि चितवन प्रहरीले उनलाई नियन्त्रणमा लिएको छैन । तत्कालिन चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीका संरक्षणमा उनले फिरौतीको धन्दा नै संचालन गरेको युवा संघका एक कार्यर्ता बताउँछन् ।

हातपातमा समलग्न घिमिरे अनेरास्ववियुको सप्तगण्डकी क्याम्पसको पूर्वअध्यक्ष अनेरस्ववियुको पूर्व विदेश विभाग सचिव समेत हुन् । युवा परिषदको तत्कालिन उपाध्यक्ष माधव ढुंगेलले उनलाई चितवन जिल्ला युवा परिषदको अध्यक्ष नियुक्त गरेर सरकारी सेवा सुविधा समेत दिलाएका थिए ।

चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनाबारे प्रहरीलाई जानकारी नै नभएको बताए । ‘हामीलाई कुनै जानकारी छैन । निवेदन समेत छैन,’ उनले भने ।

 

सिसिटिभी फूटेज