मोरङको रंगेलीमा युवतीको शव फेला, पहिचान खुल्न सकेन

दियो पोस्ट  

मोरङ । मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । जिल्लाको रतुवामाई नगरपालिका–२ डोरियामा आज बिहान पानी जमेको खाल्डोभित्र युवतीको शव फेला परेको हो ।

अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ ।