मोबाइल नदिएको भन्दै धादिङको गंगाजमुनामा श्रीमानद्वारा आफ्नै श्रीमतीमाथि निर्घात कुटपीट

दियो पोस्ट  

धादिङ । मोबाइलको विषयलाई लिएर धादिङको गंगाजमुना ६ बसेरी घर भएका एक युवाले आफ्नी श्रीमातीमाथि निर्घात कुटपीट गरेका छन् । स्थानिय तेज बहादुर खत्रीले आफ्नै श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

स्थानियका अनुसार गत असार १५ गते मोबाइलको विषयलाई लिएर खत्रीले श्रीमती रेखा मोक्तानमाथि आक्रमण गरेका थिए । सामान्य विवाद पछि उनले श्रीमतीलाई गम्भिर घाइते हुनेगरी कुटपीट गरेका थिए ।

श्रीमानको कुटाईबाट गम्भीर घाईते भएकी ३१ वर्षिया मोक्तानलाई सदरमुकाम धादिङमा ल्याइएको छ ।

श्रीमानको कुटाईबाट आँखा छेउबाट रगत बगेर २ घण्टा बेहोस भएपछि जेठानीको सहयोगमा नजिकैको स्वास्थ्य चौकीमा उपचार गराएको पीडितले बताएकी छिन् ।
जिल्लाकै सहयात्री समाज नामक एनजिओले उनलाई संरक्षण गरेर राखेको छ । स्थानियका अनुसार उनका पतिले मोबाइल मागेका थिए । तर, फूटाइदिने डरले उनले मोबाइल नदिएको बताएकी छिन् ।