प्रधानमन्त्रीले गरे मन्त्रिमण्डल हेरफेर, नवनियुक्त तीनजना मन्त्रीको शपथग्रहण आजै

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेर गरेका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल हेरफेर गरेका हुन् ।

जसअनुसार मृगेन्द्रसिंह यादव कृषि पशुपन्छी विकास मन्त्री, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।

जसपाबाट हाल सरकारमा ४ जना मन्त्री रहे पनि सामान्य प्रशासनमन्त्री राजेन्द्र कुमार श्रेष्ठलाई भने यथावत रहेका छन् । यसअघि कृषिमन्त्री महिन्द्रराय यादव, वनमन्त्रीमा रामसहायप्रसाद यादव र वनमन्त्रीमा रेणु यादव रहेका थिए ।

यसअघि एकीकृत समाजवादीले पनि आफ्ना ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई जिम्मेवारीमा पठाएको छ । प्रधानमन्त्रीको सिफारिसमा विद्यादेवी भण्डारीेले तीन मन्त्रीहरुलाई नियु्क्त गरेकी हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ आजै गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर