पूर्वमन्त्री विश्वेन्द्र पासवान ‘विपत्ते’ भएपछि सर्वोच्चद्वारा म्याद जारी !

दियो पोस्ट  

काठमाडौं । तत्कालिन जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानका नाममा सर्वाेच्च अदालतले १५ दिने म्याद सूचना निकालेको छ । सोमबार गोरखापत्र दैनिकमा प्रकाशित म्याद अनुसार १५ दिनभित्र आफैले जवाफ पेश गर्न भनिएको छ । २०७८ चैत ९ गते उनीविरुद्ध सागर जोशीले रिट दायर गरेका थिए ।

जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वमन्त्री पासवानसहितलाई विपक्षी बनाई अदालतमा उत्प्रेषणयुक्त परमादेश माग गरेर रिट दायर गरेको देखिन्छ । तर, के अभियोगम मुदा दायर गरियो भन्ने विषय खुलाइएको छैन ।
प्रकाशित म्याद अनुसार २०७८ चैत्र ९ गते सर्वोच्चको एक न्यायाधीशको इलाशले आदेश दिएको थियो । उक्त म्याद समेत बेपत्ते तामेल भएका कारण गोरखापत्रमा सुचना प्रकाशन गरिएको हो ।

 

पासवान तत्कालिन प्रधानमन्त्री केपी ओलीको कार्याकालमा मन्त्री थिए ।

सम्बन्धित खबर