दूतावास भित्र गोली हानी आत्महत्या गर्ने व्यक्ति सनाखत, नेपाल प्रहरीले अनुसन्धान गर्न नपाउने !

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली प्रहार गरी आत्महत्या गर्ने व्यक्तिको पहिचान भएको छ । सोमबार दिउँसो दूतावासभित्र गोली चलेको आवाज आएको थियो। मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी ३२ वर्षिय दीपक सिंह रहेका छन् ।

 

गोली चलेको थाहा पाएपछि नेपाल प्रहरीको टोली दूतावास पुगेको थियो। तर, दूतावासभित्र भारतीय नागरिकको मृत्यु भएको घटना भएका कारण आफैँ अनुसन्धान गर्ने भन्दै नेपाल प्रहरीलाई फर्काइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । स्रोतका अनुसार घटना विहान ९ बजेको हो । भारतीय दूतावासले यस विषयमा आन्तरिक छानबीन थालेको छ । तर, घटनाबारे दूतावासले आधिकारीक केही बोलेको छैन ।

सम्बन्धित खबर