धादिङ । धादिङमा आज ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका ९ तिनघरे स्थित सडकमा दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । सल्लाघारीबाट सल्यान्टार तर्फ जाँदै गरेको लु ३ त ३८६८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । सडकमा काम गरिरहेका मजदुरलाई ट्याक्टरले ठक्कर दिएको थियो ।
चितवनको शक्तिखोर घर भएका २० वर्षिय सरोज थापा, बेनिघाट रोराङ गाउँपालिका १० घर भएका ३९ वर्षिय सोम बहादुर चेपाङ, सोलुखुम्बुको नयाँ सल्यान गाउँपािलका घर भएका २० वर्षिय आशिष भूजेल र बेनिघाट १० का ३० वर्षिय हर्क विक घाइते भएका छन् । उनीहरुमध्ये हर्क विकको अवस्था गम्भिर छ ।